arrow

आज घोडे जात्रा, उपत्यकामा बिदा

टुँडिखेलमा विभिन्न कला प्रदर्शनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
ghode-jatra.jpg

काठमाडौँ ।  आज घोडे जात्रा । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा मनाइन्छ । 

घोडे जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा बिदा दिइएको छ । जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कला प्रदर्शनी देखाउने गर्दछ । 

टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दछ । 

टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ