- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विश्वासको मतको विपक्षमा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने आधार र कारण नदेखिएको बताएका हुन् ।
उनले भने ,' वहाँलाई विश्वासको मत दिन सकिने कुनै आधार र कारण देखिएन । नेकपा एमालेले मात्र होइन संसद्का सबै सदस्यहरूलाई प्रस्तावको विपक्षमा उभिन आग्रह गर्दछु ।'
एमालेले यसअघि पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएको थियो ।