arrow

बैशाखमा फेरि विश्वासको मत लिने वातावरण नआओस् – लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
rajendra-lingden-2079-12-06.jpg

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भाग्यमानी प्रधानमन्त्री भन्दै दुई महिनामा दोस्रो पटक विश्वासको मत लिएको भन्दै ब्यङ्ग्य गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नदिने निर्णय सुनाउँदै उनले फेरि दुई महिनापछि बैशाखमा विश्वासको मत लिने वातावरण नआओस् भनेका छन् । 

उनले गाउँमा ड्राइभरले गाडी फेरेजस्तै प्रचण्डले पनि गाडी फेरेको भन्दै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको बताए । 

उनले पुस १० मा एकैठाउँमा बसेर काम गर्ने भनेर सहमति गरेको भन्दै प्रचण्डले नै बाटो फेरेको भन्दै उनले समर्थन फिर्ता लिएको बताएका हुन् । 

उनले भोलिका दिनमा संसदमा आफूहरुले पनि साथ सहयोग दिने दिन आउँछ भन्दै सबै दल सरकारमा अट्न नसक्ने प्रचण्डलाई सम्झाए । 

आफूहरुलाई जानकारी नदिइ अर्को गठबन्धन गर्न प्रचण्डले नै बाटो फेरेको उनले आरोप लगाए । यही विषय बनाउँदै उनले आजको आजै विश्वासको मत दिन नसकिने पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ