arrow

अहिलेको अवस्था आउनु अवश्यम्भावी –माधवकुमार नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
madhav-kumar-nepal-2079-12-06.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक विश्वासको मत लिने अवस्था आउनु अवश्यम्भावी भएको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नदिने निर्णय सुनाउँदै नेपालले फेरि दुई महिनापछि बैशाखमा विश्वासको मत लिने वातावरण नआउला भन्न नसकिने भए पनि अब यो गठबन्धन पाँच वर्षका लागि रहिरहने दाबी गरे । 

यसअघिको गठबन्धन किन टिक्न सकेन भनेर मूल्यांकन गर्ने हो भने समस्याको समाधान खोज्न सकिने नेता नेपालले बताए । उनले एमालेतर्फ संकेत गर्दै कस्तासँग गठबन्धन गर्ने भनेर पनि पहिले प्रधानमन्त्रीले ख्याल गर्न सक्नुपर्दथ्यो भनेका छन् । 

उनले सरकारका काम कारबाहीबारे मूल्यांकन गर्ने बेला नभइसकेको भन्दै प्रचण्डलाई संसददेखि जनतासम्मले हेरिरहेको बताएका छन् । 

उनले विकास निर्माणको काम नभएसम्म मुलुकले फड्को नमार्ने भन्दै आत्मनिर्भरताका लागि के के कदम चाल्नु पर्ने हो त्यो गर्नुपर्नेमा जोड दिएका छन् । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ