arrow

प्रतिनिधि सभाको बैठक २१ तस्बिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
DSC_6216.JPG

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको बैठकमा सोमबार विश्वासको मत लिँदै उनले भारी बहुमतसहित विश्वासको मत पाएका हुन् । 

बैठकमा उपस्थित २६२ सांसदहरुमध्ये विश्वासको प्रस्तावको १७२ पक्षमा र विपक्षमा ८९ मत परेको थियो । र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । एमाले र राप्रपाले भने प्रचण्डलाई विश्वासको मत दिएनन् ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए । 
 
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । नेपाल मजदूर किसान पार्टी भने तटस्थ बसेको थियो । राप्रपा र एमालेकै कारणले दोस्रो पटक प्रचण्डले दुई महिनापछि नै विश्वासको मत लिनु परेको हो । 

मतदानमा सहभागी हुनुअघि सबै दलका प्रतिनिधिहरुले आफ्नो विचार राखेका थिए । प्रचण्डले जवाफसमेत दिएका थिए । 

पुस १० गते तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले गत पुस २६ गते उनले २ सय ७५ कुल सदस्य सङ्ख्या रहेको संसदबाट उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ मत प्राप्त गरेका थिए । उनको विपक्षमा दुई मतमात्रै परेको थियो । 

प्रचण्डले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मतको प्रस्तावको पक्षमा नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेकका सबै दलहरूले मतदान गरेका थिए। । 

त्यो बेला विपक्षमा रहेको नेपाली कांग्रेस सहितका दलहरुले पक्षमा मतदान गरेका थिए । त्यो नै अहिलेसम्मकै सर्वाधिक सफल विश्वासको मत थियो । 

4H0A8252.JPG
4H0A8181.JPG
-MG-5927.JPG
-MG-5911.JPG
4H0A8193.JPG
4H0A8113.jpg
4H0A8245.jpg
DSC_5817.JPG
DSC_5869.JPG
DSC_5884.JPG
DSC_5893.JPG
DSC_5901.JPG
DSC_5902.JPG
DSC_5914.JPG
DSC_5938.JPG
DSC_5951.JPG
DSC_5968.JPG
DSC_6003.JPG
DSC_5971.JPG
DSC_5993.JPG
prachanda-bishwas-ko-mat-2079-12-06.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ