arrow

बेलायती सांसदको उपस्थितिमा कीर्तिमानीलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
worlbook-samman.JPG

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा विश्व कीर्तिमान राख्न सफल वरिष्ठ गीतकार हरिगोपाल प्रधानलाई सम्मान गरिएको छ । संयुक्त अधिराज्य बेलायतका सांसद वीरेन्द्र शर्माको प्रमुख आतिथ्यमा प्रधानलाई वर्ल्ड बुक अफ रेकर्डस्‌ले  कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको हो । 

प्रधानले सगरमाथाको चुचुरोमा “चन्द्र सूर्य”एल्बमको म्यूजिक भिडियो डीभीडी र पोस्टर विमोचन गरेर विश्व कीर्तिमान राखेका थिए । साथै  रेकर्ड स्थापित गर्न अमूल्य योगदान दिएका नायक-गायक-निर्देशक निर्णय श्रेष्ठ, नायिका विष्णु चेमजोङ्ग लगायत सहयोगी संस्था एवं व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।

No description available.

मूर्तिकला र वास्तुकलालाई विश्वभर पुर्‍याउन सफल ड्रेगन इन्भेष्टमेन्ट र हेयर ट्रान्सपलान्ट र स्क्रीन ट्रिटमेन्ट लगायत विश्वस्तरिय मेडिकल सेवा प्रदान गरिरहेको आरोगिन हेल्थ केयरलाई क्वालिटी सर्टिफिकेटद्वारा सम्मानीत गरिएको थियो ।

कांग्रेस नेता उदय शमशेर राना, सराज अहमद फारुकी, डा. रेखा यादव, बलराम अधिकारी, डमनिक मफिट (बेलायत) र रवि जङ्ग लामिछाने (बेलायत) अतिथि रहेको कार्यक्रममा  हिमालय एयरलाइन्स अध्यक्ष झाउ एन्योङ्ग, वरिष्ठ समाजसेवी डा. गौरी शंकरलाल दास, आध्यात्मिक गुरु-उत्प्रेरक डा. चिन्तामणि नाथ योगी, कर्मा गुरुङ , सन्तोष कुमार शाहलाई योगदानको कदर गर्दै प्रमाणपत्र दिइएको थियो ।

No description available.

सम्मानित सबैलाई वर्ल्ड बुक अफ रेकर्डस्का नेपाल अध्यक्ष सागर कटुवाल, वर्ल्ड बुक अफ रेकर्डस्का प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्ला एवं वर्ल्ड बुक अफ रेकर्डस्, बेलायतका अध्यक्ष दिवाकर सुकुलले बधाई दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ