arrow

एमबाप्पे राष्ट्रिय टिमको कप्तान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
kaylian-mbappe-france-hat-trick.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सन् २०२२ को विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता केलियन एम्बाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

यसअघिका कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोपियन फुटवलमा नयाँ चमात्कार देखाउने विश्वास गरिएको छ । 

हाल एम्बाप्पे पेरिस सेन्ट जर्मन (पीएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन्, जहाँ विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, ब्रजिलियन फुटबल स्टार नेयमारसहितका विश्व चर्चित खेलाडीहरु आबद्ध रहेका छन् । 
 



नयाँ