arrow

एक दिवसीय क्रिकेटमा नेपालको फेरि सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
nepal-cricket-2023-03-16.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा फेरि सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो । 

यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५औँ नम्बरमा उक्लिएको छ । ओमानलाई पछि पार्दै नेपाल एक स्थान माथि उक्लिएको हो । 
वरीयताको पहिलो नम्बरमा भारत, दोस्रोमा अष्ट्रेलिया, तेस्रोमा न्यूजिल्याण्ड, चौथो इङ्गल्याण्ड, पाँचौं पाकिस्तान, छैटौँ दक्षिण अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा श्रीलंका, नवौँमा वेष्ट इण्डिज, १०औँमा अफगानिस्तान, ११औँमा आयरल्याण्ड, १२औँ स्कटल्याण्ड, १३औँमा जिम्बाबे, १४औँमा नेदरल्याण्ड र १५औँमा नेपाल रहेको छ । 

१६औँमा ओमान, १७औँमा नामिबिया, १८औँमा अमेरिका, १९औँमा यूएई र २० औँमा पपुवा न्युगिनी रहेका छन् ।  

नेपालले हालैमात्र यूएई र पपुवा न्युगिनीलाई दुवै खेलमा हराएर एक दिवसीय विश्वकपको छनोटमा सिधै खेल्ने अवसर पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ