arrow

फ्रान्सेली फुटबलमा उथलपुथल

प्रशिक्षकमा जिदानको सम्भावना, कप्तान एमबाप्पे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
zinedane-zidane.jpg

काठमाडौं । फ्रान्सको फुटबल प्रमुख प्रशिक्षकमा पूर्व खेलाडी जिनेदिन जिदान आउने सम्भावना बलियो रहेको छ । 

सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब जिनेदिन जिदानले सम्हाल्ने सम्भावना बढेको छ ।

जिदानको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् १९९८ फिफा विश्वकपको फाइनलमा ब्राजिललाई हराउँदै उपाधि जितेको थियो।  तीन पटकसम्म फिफा वर्ष खेलाडी घोषित भएका उनी रियल म्याड्रिडका व्यवसायिक फुटबल खेलाडी थिए। 

फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजय मात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ ।

साथै दोहा विश्वकपको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ । राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो । 

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोपियन फुटवलमा नयाँ चमात्कार देखाउने विश्वास गरिएको छ । एम्बाप्पे सन् २०२२ को विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ