arrow

एएफसी यू–२० महिला एसिया कप छनोटमा नेपाल कठिन समूहमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
afc_logo_blue .jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसिया कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ रहेका छन् । 

समूह ’ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । त्यतिबेला नेपाल आफ्नो समूहको  विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइल्यान्डलाई पराजित गरेको थियो ।
 
दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसिया कप खेल्नेछन् ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसिया कप २०२४ को मार्चमा हुनेछ ।  यू–२० महिला एसिया कपमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ