arrow

फ्रेण्ड्सलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको फाइनलमा

logo
नारायण वली, 
प्रकाशित २०७९ चैत ९ बिहिबार
tilottoma-gold-cup-manang-friends-2079.jpg

रुपन्देही । मनाङ मर्स्याङदी क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङले फ्रेण्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । 

निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा फ्रेण्ड्सका रुपेश केसी र डोना थापाले गोल गर्न नसक्दा क्लब बाहिरिएको हो ।

मनाङका जियनाथ सेख, अजित गुरुङ, विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेण्ड्सका अमित तामाङ, विदेशी खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए ।

निर्धारित समयमा फ्रेण्डस् क्लबका तर्फबाट रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए। यस्तै खेलको २६ मिनेटमा उत्तम राईले गोल गरेका थिए । २–० ले पछि परेको मनाङले पहिलो हाफको इन्जुरी समयमा कप्तान आशिष गुरुङको तथा दोस्रो हाफको दोस्रो मिनेटमै प्रसन्न श्रेष्ठको गोलबाट बराबरी गरेको थियो । 

मनाङका कप्तान आशिष म्यान अफ द म्याच भए । 

गोल्डकपको फाइनल खेल शनिबार हुनेछ । उपाधिका लागि मनाङ र सुदूरपश्चिम ११ भिड्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ