arrow

मापसे गरेका चालकलाई जरिवानासँगै एक घण्टा सचेतना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
banke-traffic.jpg

नेपालगन्ज । बाँके ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकलाई अनिवार्य एक घण्टा सवारी चालक सचेतना कक्षा शुरु गरेको छ। 

मापसे गरेर सवारी चलाउने चालकलाई बाँके ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना गर्दै आएको भए पनि बिहीबारदेखि कागजपत्र लिन आउने चालकलाई एक घण्टा सवारी चालक सचेतना कक्षा शुरु गरेको बाँके ट्राफिक प्रहरी प्रमुख तिलक सुनारले जानकारी दिएका छन् ।

चेकजाँच गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकलाई जरिवाना मात्र लिएर छोड्दा त्यति सुधार नआएको पाइएपछि यस्तो निर्णयमा पुगिएको बाँके ट्राफिक प्रमुख सुनारले बताए।

ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाएका चालकहरूलाई काठमाण्डौ उपत्यकामा जरिवानासहित एक घण्टा सवारी चालक सचेतना कक्षा सञ्चालन गर्दै आइरहँदा बाँकेमा पनि यो नियम लागू गरिएको ट्राफिक प्रमुख तिलक सुनारले जानकारी दिएका छन् ।

केही समयअघि मात्र बाँके ट्राफिकको कमाण्ड सम्हाल्न आइपुगेका प्रहरी निरीक्षक सुनारले यो नियम लागू गर्दा दुर्घटना न्यूनीकरण धेरै मात्रामा कम हुने विश्वास व्यक्त गरेका छन् ।

'विशेष गरेर यो दुर्घटना न्यूनीकरणका लागि मात्रै नभएर मापसे गरेर सवारीसाधन चलाउन हुँदैन भन्ने एउटा सन्देश पनि भएकाले जनता आफैमा सचेत भएर यो कक्षा लिन आवश्यक छ' ट्राफिक प्रमुख सुनारले भने।

मापसे गरेका चालकले बाँके ट्राफिकले शुरु गरेको यो अभियान कत्तिको सफल होला त्यो समयले नै बताउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ