arrow

रौतहटमा माधव नेपाललाई धक्का, ३१ समाजवादी नेता एमालेमै फर्किए

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ चैत १० शुक्रबार
rautahat-ncpas-uml.jpg

रौतहट । रौतहटमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ । आज पत्रकार सम्मेलन गर्दै चन्द्रपुर नगरपालिकाका मेयरका प्रत्यासी बाबुराम दाहालसहित ३१ जना नेता नेकपा एमालेमा फर्किएका छ्न् ।  

समाजवादीले कम्युनिष्ट आन्दोलन पूरा गर्न नसक्ने भन्दै चन्द्रपुर ४ का पूर्व वडाध्यक्ष अमरबहादुर आले, शेख कलिमुल्लाह, टीका कार्की, विनोद चौधरीलगायत ३१  जना नेकपा एसका प्रभावशाली नेताहरु एमालेमै फर्किएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ