- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली महिला फुटबल टोलीको फीफा वरीयतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फीफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा छ ।
शुक्रबार सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ । इङ्गल्याण्ड चौथो, फ्रान्स पाँचौँ, क्यानाडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न् । नेदरल्यान्ड्स आठ, ब्रजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।