arrow

कस्तो भए पार्किङ हटाइएका स्थानहरू ? (तस्बिरसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
kathmandu-no-parking.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको अव्यवस्थित पार्किङ हटाउने अभियान चलेको पनि महिनौँ भइसक्यो र अझै चलिराखेको पनि छ। सडकमा जथाभाबी गर्ने पार्किङ गलाइ पहिलै देखि महानगरले उठाउने गरेको थियो र त्यो काम अझै नि गर्दै आएको छ। तर मुख्य व्यापारिक स्थानहरूमा जुन रूपले पार्किङ हुने गर्थ्यो त्यो अभियानले कतिपय स्थानमा राम्रै भएको पनि देखिन्छ।

दरबारमार्ग , बागबजार, भद्रकाली, प्रदर्शनी मार्ग जस्ता मुख्य स्थानहरूमा पार्किङ हटाएर निकै नै सुन्दर र व्यवस्थित देखिनु सङै जाम र भिड पनि निकै न्यून देखिन थालेका छन्। सो स्थानका केही व्यापारीहरूले विकल्प बिना हटाउन नहुने भन्दै महानगर विरुद्ध विरोध गर्दै आए पनि महानगर भने विभिन्न कम्लेक्सका अन्डरग्राउन्ड र केही खालि स्थानमा पार्किङ गर्न भन्दै आएको छ। पहिला र अहिले हेर्दा धेरै फरक चाहिँ देखिन थालेका छन् यी स्थानहरू।

भद्रकाली मन्दिरमा जुन अगाडि पार्किङ देखिन्थ्यो अहिले मन्दिर मात्र देखिदा निकै नै सुन्दर देखिन थालेको भन्ने गर्छन् भक्तजनहरू। अहिलेलाई पछाडि तिर पार्किङ र भृकुटी मण्डपमा गर्ने व्यवस्था गरिएको भए पनि अपुग नै देखिन्छ तर अहिलेलाई विकल्प यही नै हो भन्दा हुन्छ तर महानगर पार्किङको लागि विकल्प खोजिराख्दा आम मानिसलाई जहाँ पायो तेही राख्न गारो नै छ।

काठमाडौँको  विभिन्न स्थानमा पार्किङ हटाइएपछि लिएको तस्बिरहरू

kathmandu-no-parking-1.jpg
kathmandu-no-parking-2.jpg
kathmandu-no-parking-3.jpg
kathmandu-no-parking-4.jpg
kathmandu-no-parking-5.jpg
kathmandu-no-parking-6.jpg
kathmandu-no-parking-7.jpg
kathmandu-no-parking-8.jpg
kathmandu-no-parking-9.jpg
kathmandu-no-parking-10.jpg
kathmandu-no-parking-11.jpg
kathmandu-no-parking-12.jpg
kathmandu-no-parking-13.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ