arrow

आर्थिक बहानामा सरकारले चुनाव नगर्न सक्ने इमरान खानको अड्कल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
imran-khan2.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गरेका छन् । 

नेता खानले आज भिडियो लिङ्कमार्फत आफ्नो पार्टीका कार्यकता तथा समर्थकलाई सम्बोधन गर्दै शासकहरूबाट भएको संवैधानिक प्रावधानको उल्लङ्घन रोकिनुपर्नेमा जोड दिँदै न्यायालयलाई त्यसमा हस्तक्षेप गर्न आग्रह गरेका हुन् । असुरक्षा र आर्थिक समस्यालाई देखाएर आम निर्वाचन स्थगन गर्न वर्तमान सरकार उद्यत रहेको आरोप पनि उनले लगाए ।

संविधानको उल्लङ्घनले विधिको शासन र मौलिक अधिकार हनन हुने बताउँदै पूर्वप्रधानमन्त्री खानले सरकारका गलत निर्णयमा अंकुश लगाउन तथा संविधानको रक्षाका निम्ति ठोस कदम चाल्न अनुरोध गरे । 

वर्तमान सरकारले संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै उनले आवधिक निर्वाचनको प्रत्याभूतिका निम्ति न्यायमूर्तिहरूले सरकारी बहानाबाजीलाई मान्न नहुनेमा जोड दिए । 

सर्वोच्च अदालतको पाँच सदस्यीय इजलाशले गरेको निर्णयलाई सरकारले बेवास्ता गरेको बताउँदै नेता खानले आफूले जनतालाई वास्तविक स्वाधीनता दिन खोजेको र देश छाडेर कतै नभाग्ने अडान दोहोर्याए । सरकारले आम जनतामा त्रास फैलाउन खोजेको आरोप लगाउँदै शासकविरुद्ध डटेर लाग्न आह्वान गरे ।

पाकिस्तानको निर्वाचन आयोगले आगामी महिनाका निम्ति निर्धारण गरिएएको उपनिर्वाचन आगामी अक्टोबर ८ सम्म स्थगन गरिएको घोषणा गरेपछि संविधान मिचिएको जिकिर गर्दै न्यायाधीशहरूलाई सरकारी कदम सच्च्याउने आदेशका निम्ति आग्रह गरेको एआरवाई न्युजले जनाएको छ । 

यसैबीच निर्वाचन आयोगले विदेशमा बसेका पाकिस्तानीबाट पार्टीलाई प्राप्त रकम फुकुवाका निम्ति पिटिआईले पेश गरेको निवेदन अस्वीकार गरेको छ । आयोगले विदेशबाट प्राप्त रकमलाई अवैध भन्दै जफत गर्ने घोषणा गरेको छ । आयोगले गत अगष्ट पार्टीलाई प्राप्त रकम अवैध भएको जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ