- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत दोस्रो खेलमा लाओस विजयी भएको छ । शनिबार बेलुकी सम्पन्न खेलमा लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको तेस्रो मिनेटमै लाओसका लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए ।
त्यसपछि खेलमा कुनै गोल हुन सकेन र लाओस विजयी भयो । समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र भुटान भिड्नेछन् । पहिले खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
मंगलबारकै खेलबाट शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।
अहिलेसम्म भुटान कमजोर देखिएको छ । नेपालले लाओसलाई पराजित गरेकाले पनि एक गोल अन्तरको हारलेसमेत पनि नेपाल फाइनलमा पुग्नेछ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।