arrow

संसदमा कोशीमा भएको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
parliament-2079-12-12.jpg

काठमाडौं । प्रतिनिधि सभा बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए । 

आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरे । 

बैठकमा शून्य समय चलिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ