arrow

तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिशन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
prabhu-sah-rautahat-3-ind-mp-2079-2022.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिशन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको कभरमा ब्रह्मलुट भइरहेको आरोप लगाए । 

भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्थालाई दुरुपयोग गरेर ब्रह्मलुट मच्चाइरहेको भन्दै उनले प्रश्न गरे– यो ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ ?

जनतालाई समात्ने अधिकार नरहेको अवस्था ४५ प्रतिशत कमिसन कसले खाइरहेको हो यसबारे संसदनलाई जानकारी गराउनु पर्ने उनको माग छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ