arrow

संकटा विराट गोल्डकपबाट बाहिरियो, लुका सडनडेथमा विजयी हुँदै सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
birat-goldcup-2079-sankata-luka.jpg

विराटजगर । भारतको केरलामा रहेको लुका सकर क्लब विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको खेलमा संकटा क्लबलाई सडन डेथमा पराजित गर्दै लुका सेमिफाइनलमा पुगेको हो । 

निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८–७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो । 

पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले अब सेमिफाइनलमा गत संस्करणको उपाधि विजेता एपीएफसँग खेल्ने छ । खेलमा संकटाका अनिस महर्जनको प्रहारलाई लुकाका गोलकिपर मोहम्मद सनफिरले विफल पारेका थिए । 

लुकाका गोलकिपर मोहम्मद सनफिर भएका छन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

।उनको प्रहार विफल भएसपछि लुकाका खेलाडीहरु मैदानमा सेलिब्रेसन गर्न पुगेका थिए ।  निर्धारित समयमा दुवै टिमले पाएका मौकाहरु सदुपयोग गर्न नसक्दा निर्धारितसमय गोलरहित बराबरीमा पुगेको थियो ।

प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने छ ।



नयाँ