arrow

प्रचण्ड–देउवा–माधवबीच मन्त्रालयको बाँडफाँटबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग संयुक्त छलफल थालेका हुन् । 

उनले अहिले नै मन्त्रीहरुको नाम पठाउनु भन्दै देउवा र नेपालसँग छलफल थालेका हुन् ।  प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग बिहान सवा ९ बजे र देउवा त्यहीँ रहेका बेला १० बजे माधव नेपाललाई बोलाएर संयक्त छलफल गरेका हुन् । 

प्रचण्ड र देउवाबीच ४५ मिनेट भएको वार्तापछि अध्यक्ष नेपाल पनि बालुवाटार पुगेका थिए । नेकपा एसले आन्तरिक रुपमा गृह मन्त्रालयलाई बटमलाइन बनाएपछि प्रचण्ड अप्ठेरोमा परेकाले अहिले संयुक्त छलफल गरेका हुन् ।

तर बाहिर भने मिडियालाई माधवले गृह वा अर्थ वा परराष्ट्रमा आफूले दाबी नगरेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ