arrow

धनुष अभिनेत्री मीनासँग गर्दै दोस्रो बिहे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
dhanush-meena-vidhya-sagar.jpg

मुम्बई । तमिल फिल्म उद्योग यतिबेला चर्चामा छ । खास गरी तमिल सुपरस्टार धनुषले अभिनेत्री मीना विद्या सागरसँग विवाह गर्ने तयारी रहेको खबर बाहिर आएपछि तमिल उद्योग चर्चामा आएको हो । यी दुवै कलाकार एकल अभिभावकको भूमिका निभाइरहेका छन् ।

मीना साउथ फिल्मकी ठूली स्टार हुन् । उनले तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी भाषाका फिल्ममा काम गरेकी छन् । मीना विधवा नारी हुन् । उनको पहिलो विवाह सन् २००९ मा विद्यासागरसँग भएको थियो । गत वर्ष विद्यासागरको कोरोनाका कारण निधन भएको थियो ।

मीनाकी १२ वर्षकी छोरी छिन् । उनको हेरचाह मीनाले नै गर्दै आएकी छन् । मीना धनुषभन्दा ७ वर्ष जेठी छिन् । मीनाको उमेर ४६ हो भने धनुष ३९ वर्षका हुन् ।

धनुष आफैंमा डिभोर्सी अभिनेता हुन् । गत वर्ष उनले ऐश्वर्या रजनीकान्तसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए । धनुष तमिल फिल्मका ‘थलाइवा’ रजनीकान्तका पूर्व ज्वाइँ हुन् । 

धनुषको अर्की युवतीसँग अफेयर रहेको चर्चा चलेपछि ऐश्वर्यासँग सम्बन्धविच्छेद भएको थियो । यद्यपि यो कुराको हालसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

धनुषका दुई छोरा यार्थ र लिंगा छन् । ऐश्वर्यासँग सम्बन्धविच्छेद पछि धनुष प्रायः दुई छोराका साथ समय बिताइरहेका छन् । धनुषले मीनासँगको सम्बन्धबारे अफवाह भने पनि मीनाले भने कुनै प्रतिक्रिया दिएकी छैनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ