arrow

कुमारी बैंकको वित्तीय साक्षरता ग्लोबल मनि विक सम्पन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
kumari-bank-literate-program.jpg
तस्बिर– महिला सदस्यहरूमा आर्थिक चेतना सिर्जना गर्दै दैलेख नगरपालिका ९, सदू ।

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमिक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरी सम्पन्न गरिएको थियो । बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्रलगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेको थियो ।

दुर्गम स्थानहरू र समुदायमा वित्तीय साक्षरता कार्यक्रमः
बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए ।

बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्र्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकतालाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको थियो । 

बैंक भन्छ, ‘श्रमिक समूह, पेशाकर्र्मी, खेलाडी, सामुदायिक सदस्य, कृषक र अवकाश प्राप्त व्यक्तिहरुसम्म पुगेर बैंकले आर्थिक रुपमा सचेत समाज निर्माण गर्ने दिशामा पाइला चाल्दै आएको छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ