arrow

अछाम पुगेर भीम रावलविरुद्ध बोल्ने विष्णु पौडेल लखेटिए, कुर्सी हानाहान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
bishnu-poudel-uml.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एमालेको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा उम्मेदवार बनेका एमालेका तत्कालीन उपाध्यक्ष भीमबहादुर रावलको विषयमा लफडा शुरु भएको छ । 

मिसन ग्रासरुट अभियान चलिरहेका बेला रावलको विषयमा एमालेभित्र सुदूरपश्चिम प्रदेशमै लफडा भएको हो । मिसन ग्रास रुट अभियानमै एमाले अध्यक्ष ओली लुम्बिनीपछि गण्डकी प्रदेशतिर डुलिरहेका बेला उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुदूरपश्चिम प्रदेश पुगेका थिए । 

त्यही क्रममा सोमबार दिउँसो पौडेललाई अछामबाट धनगढी खेदिएको छ । धनगढीमा भने भीम रावल आफैँ बसेका थिए । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको विरोध भएपछि कार्यक्रम बिथोलिएको र त्यहाँ उपाध्यक्ष पौडेलले बोल्ने अवस्था नबनेपछि धनगढी फर्केका थिए । 

अछामको साँफेबगरमा पौडेल उपस्थित रहेको कार्यक्रम बिथोलिएको थियो । सोमबार उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित रहेको पार्टीको आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति विपरीत ओली पक्षका एक नेताले रावलको विरुद्धमा बोलेपछि रावल पक्षधर कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी प्रहार गरेका थिए । 

कार्यक्रम शुरु हुनुपूर्व रावलका सन्दर्भमा कसैले पनि केही नबोल्ने समझदारी भएको थियो । तर सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले भीम रावलका विरुद्ध बोलेपछि सहभागीले नाराबाजीसहित कुर्सी प्रहारसमेत गरेर पौडेल, भट्ट थापा तथा भण्डारीलाई बोल्नबाट बञ्चित गराएका थिए ।

साँफेबगरस्थित खाद्य गोदामको हलमा आयोजित उक्त कार्यक्रममा असामान्य अवस्था भएपछि कार्यक्रम नै स्थगित भएको थियो । लगातारको नाराबाजी र असामान्य अवस्थापछि जोशीले रावलका सन्दर्भमा आफूले बोलेका शब्द फिर्ता लिएका थिए । 

दुवै पक्षबीच रावलका सन्दर्भमा कसैले केही नबोल्ने सर्तमा करिब एक घण्टापछि कार्यक्रम शुरु गरिएको थियो । उपाध्यक्ष पौडेलले पनि भीम रावलका सन्दर्भमा कुराकानी नगर्ने वचन दिएका थिए । 

तर सो विपरीत एमालेका अन्य नेताहरुले रावललाई होच्याउने अभिव्यक्ति दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ