arrow

मन्त्रिमण्डल विस्तारको गाँठो फुकाउन गठबन्धनको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
gathabandhan-10-parties-गठबन्धन.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबार छलफल गरेपछि अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद विस्तारका बारेमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ । 

गठबन्धनका सबैजसोले सरकारमा जाने इच्छा देखाएपछि प्रचण्डलाई तनाव थपिएको छ । प्रचण्डले यसअघि चैत १० गतेभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरेका थिए । त्यसपछि भाका १३ गते सोमबारसम्मलाई पुगेको थियो । 

अहिलेसम्मको गतिविधि हेर्दा अझै केही दिन मन्त्रिमण्डलले पूर्णता पाउने देखिँदैन । 

गठबन्धनका एक नेताका अनुसार प्रचण्ड पछिल्ला समय समस्या समाधान गर्नुभन्दा पनि धेरै भन्दा धेरै कार्यक्रममा उद्घाटन, विमोचन, शिलान्यास र समापनमा बढी केन्द्रीत भएका छन् । जसका कारण उनलाई मन्पित्ररिषद् विस्तार गर्ने फुर्सदसमेत मिलेको छैन । 

त्यसैगरी दलहरुबीच आन्तरिक रस्साकस्सी पनि उत्तिकै बढेको छ । कुनै पनि दलले अहिलेसम्म सरकारमा पठाउने सांसदहरुको नामको टुंगो लगाएका छैनन् । 

त्यतिमात्र हैन कुन दलले कति मन्त्रालय र कुन कुन मन्त्रालय पाउने भन्नेसमेत यकिन भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ