- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको चौथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग बराबरी खेलेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । नेपालले अग्रता जोगाउन नसक्दा बराबरीमै चित्त बुझाएको हो ।
खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाइन् । तर खेलको ७५ औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याइन् ।
यस बराबरीसँगै नेपाल ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेर प्रतियोगिता सकाएको छ ।