arrow

सिटी एक्सप्रेसबाट अस्तित्व नेपाललाई आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
city-express-astitwa-nepal.jpg

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ ।अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था हो जसले सन् २०१८ देखि एसिड तथा अग्नीजन्य हिंसाविरुद्ध काम गर्दै आइरहेको छ । 

साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चलाउदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत अभिनेत्री शिल्पा मास्के रहेकी छिन् । 
  
सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रहरुमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ  । 

सिटी एक्सप्रेसका अनुसार उसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 



लोकप्रिय समाचार
नयाँ