arrow

प्रधानमन्त्रीले अख्तियारको प्रतिवेदन संसद्मा पेश गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
Prachanda-parliament-PM.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन आज संसद्मा पेश गर्दै छन् । 

आजको प्रतिनिधि सभा बैठकमा  प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७८/७९ को  वार्षिक प्रतिवेदन पेश गर्न लागेका हुन् । 

संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्दै छ ।  प्रतिनिधि सभाको बैठकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पेश हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ