arrow

अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
fertilizer-urea.jpg

काठमाडौं ।  राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग गरेको छ ।

आयोगद्वारा यहाँ बुधबार आयोजित छलफल कार्यक्रममा आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्गालले हाल धानलगायत अन्नबालीमा मलको माग अत्यधिक बढेको भन्दै सहज आपूर्तिका लागि सरकारलाई संवेदनशील हुन आग्रह गरे । उनले मल व्यवस्थापनका लागि सरकारले विभिन्न मुलुकबाट खरिद प्रक्रिया मिलाएर आयात गर्नुपर्ने भएकाले ढिलासुस्ती नगर्न आग्रह गरे ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव राजेन्द्र मिश्रले धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढाउन रासायनिक र प्राङ्गारिक मलको प्रयोग गर्न आवश्यकता रहेको कार्यपत्र प्रस्तुत गर्दै केही मल मौज्दात रहेको तथा नपुग मल समयमै उपलब्ध गराउन गृहकार्य भइरहेको जानकारी दिए । रासायनिक र प्राङ्गारिक गरी करिब पाँच लाख मेट्रिक टन मलको माग हुने गरेको छ ।  

कृषि सामग्री कम्पनीसँग ५५ हजार मेट्रिक टन तथा साल्ट ट्रेडिङसँग ३४ हजार मेट्रिक टन हाल मौज्दात रहेको र करिब एक लाख ५० हजार मेट्रिक टन मल आउने क्रममा रहेको छ । कृषि सामग्री कम्पनीका प्रतिनिधि विष्णुप्रसाद पोखरेलले सरकारले समयमा नै कानूनी प्रक्रियामा व्यवस्थापन गरेमा मागबमोजिम आपूर्ति गर्न सकिने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ