arrow

मोफसलको सर्वाधिक पुरस्कारको विराट गोल्डकपको उपाधि भिडन्त हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
birat-goldcup-trophy.jpg

विराटनगर । विराट गोल्डकप फुटबलको उपाधिका लागि विराटनगर सिटी र भारत केरलाको लुका सकर क्लब भिड्दै छन् । विराटनगरस्थित शहीद रंगशालामा बिहीबार हुने फाइनल खेलमा घरेलु टोली विराटनगर सिटी र पाहुना टोली लुका आमनेसामने हुने छन् । खेल साँझ ६ः४५ बजे शुरु हुनेछ ।

विराटनगरले पूर्वविजेता नेपाल पुलिस र जावलाखेललाई पन्छाउँदै फाइनल यात्रा तय गरेको हो भने  केरलाले सङ्कटा क्लब र साविक विजेता एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा पुगेको हो ।

मोफसलको सर्वाधिक पुरस्कारको सो खेलका विजेताले २० लाख १५ र उपविजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

यसैगरी प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । खेल गत चैत ९ गतेदेखि शुरु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ