धितोपत्र बोर्ड सार्वजनिक गर्दै एसएमई प्लेटफर्मको खाका
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
818
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका बिहीबार सार्वजनिक गर्ने भएको छ। साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात् एसएमई प्लेटफर्मको खाका बिहीबारर सार्वजनिक गर्ने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।
विहीबार बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक हुनेछ । साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकुल वातावरण बनाउन तथा सबै कम्पनीहरु एउटै बास्केटमा राखेर अन्योलता नहोस् भन्नका लागि एसएमईको खाका सार्वजनिक गर्न लागेको हमालले जानकारी दिए ।