arrow

भीम रावलसँग वार्ता गर्न विष्णु पौडेल नेतृत्वको वार्ता टोली, रावल तयार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
bishnu-poudel-bhim-rawal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले पार्टी नेता डा. भीमबहादुर रावलसँग वार्ता गर्न टोली गठन गरेको छ । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेका छन् । 

पार्टीको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिम कमाण्डर रहेका पौडेल सुदूरपश्चिममा जाँदा रावललाई गाली गर्न उनी निकटका नेताहरुले प्रतिबन्ध लगाएपछि अपमान ठानेका पौडेलले आफ्नै नेतृत्वमा टोली गठन गरेका हुन् । 

उनले यसअघि नै पौडेललाई अनुशासनको कारबाही हुन सक्ने चेतावन दिएका थिए । पूर्व उपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमासमेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको बताइएको छ । 

सुदूरपश्चिममा पकड कायम राखेका रावललाई पार्टीले नै उनलाई टाढा राखेको उनको आरोप छ । यसपालि त प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारीसमेत दिन दिइएन । 

रावलको दोष भनेको दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका थिए । 

रावल वार्ताका लागि तयार
यता रावलले पार्टीले गठन गरेको वार्ता टोलीसँग संवाद गर्न आफू तयार रहेको बताएका छन् । उनले आफूलाई वार्ता गर्न कुनै समस्या नरहेको बताएका छन् ।

उनले आफू पार्टीमा नीति सिद्धान्तमा छलफल गर्न र उचित जिम्मेवारीकै पक्षमा रहेको बताउँदै आएका छन् । भीम रावलले पार्टीका गलत प्रवृत्तिविरुद्ध एक्लै आवाज उठाउँदै आएका छन् । 

जसका कारण अध्यक्ष ओलीदेखि सबै नेताहरुका लागि टाउको दुखाइ बनेका छन् । तर अचम्म त के भने जुन नेतासँग राम्रो सम्बन्ध छैन उसै नेताको नेतृत्वको वार्ता टोलीसँग छलफल गर्दा निष्कर्ष ननिस्कने आशंका गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ