arrow

उपत्यकामा चिसो, दिउँसै अँध्यारो, यस्तो छ वरिपरिको मौसम [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
IMG_0729.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा एक्कासी चिसो बढेको छ । वर्षासँगै बादल धुम्म लागेसँगै चिसो बढेको हो । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन–चट्याङ–हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ–हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातसमेत भएको छ । 
    
रातिको समयमा पनि देशभर बदली रहनुका साथै पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
 
बितेको २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ६० मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २४, विराटनगरमा २१, ओखलुङ्गामा १८, घोराहीमा, वीरेन्द्रनगरमा २३, नेपालगञ्जमा २१ र काठमाडौँमा ८ मिलिमिटर वर्षा भएको छ ।

IMG_0728.jpg
IMG_0732.jpg
IMG_0740.jpg
IMG_0729.jpg
IMG_0742.jpg
IMG_0727.jpg
IMG_0723.jpg
IMG_0725.jpg
IMG_0726 (1).jpg
IMG_0726.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ