arrow

कुमारी बैङ्क लिमिटेडको २२ औँ वार्षिकोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
kumari-22-anniversary-discount.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले नवीनतम र भरपर्दो बैङ्किङ सुविधा योजनाहरू उपलब्ध गराउँदै आफ्नो २२ औँ वार्षिकोत्सव मनाएको छ। यस वार्षिकोत्सवको अवसरमा कुमारी बैङ्क लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहक वर्गहरूको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ। कुमारी बैङ्क लिमिटेड देशकै अग्रणी बैङ्क बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ।

कुमारी बैङ्क लिमिटेडको २२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैङ्कले आफ्ना ग्राहकहरूका लागि विभिन्न विशेषतायुक्त बैङ्किङ सुविधा योजना प्रस्तुत गरेको छ। ग्राहकहरूलाई थप बचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्ण बचत खाताहरूमा लकर मार्जिनमा ७५ प्रतिशत छुट प्रदान गर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरू पनि प्रस्तुत गरेको छ।

कुमारी बैङ्क लिमिटेडको २२ औँ वार्षिकोत्सवको अवसरमा बैङ्कले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निः शुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गरेको छ। साथै, कुमारी बैङ्क लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दती’ खातासमेत सञ्चालनमा समेत ल्याएको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैङ्किङ सुविधा तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू प्रवाह गर्दै आएको छ। आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैङ्किङ जगत्लाई डिजिटल बैङ्किङ तर्फ अग्रसर गराउन कुमारी बैङ्क लिमिटेड प्रतिबद्ध छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ