arrow

होटलमा लगेर नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा २१ वर्षे दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
crime-final-everytime-use.jpg

काठमाडौं । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षाीय आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल टोखा–६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार निमा तामाङले नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेका थिए । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

आरोपी दुवै जनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ