arrow

राजनीति तताउँदै बालेन, ट्रयाक छाडेरै गाली गरे सरकारलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
balen-sah-kathmandu.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) शनिबार बिहान निकै नै आक्रामक भएका छन् । उनले राजनीतिक रुपमा आक्रामक स्टाटस लेखेका छन् । 

शनिबार बिहान लगातार दुई वटा पोष्ट सामाजिक संजालमा सार्वजनिक गर्दै अहिलेको सरकारप्रति आक्रोश पोखेका छन् । उनले आफ्नो व्यक्तिगत दुई वटा एकाउन्टबाट अहिलेको सरकारलाई गाली गरेका छन् । त्यस्तै नेताहरुलाई डम्पिङ साइटमा लैजानुपर्नेसमेत बताएका छन् । 

उनको पहिलो पोष्टमा देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए । उनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने भन्दै लेखे, ‘‘आजबाट सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

अर्को स्टाटस भने अझ अभद्र रहेको छ । उनले भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् ।

उनले नेपाल स्वाधीन कहिले हुने भन्दै प्रश्न समेत गरेका छन् । आफनो अस्तित्व कहिले बनाउने भन्दै लाज लाग्दैन भन्दै संघीय सरकारलाई प्रश्न गरेका छन् । 

बालेनले फेसबुकमा लेखेका छन्,‘ भारत र चीनले बनाएको सरकारको कुनै इज्तत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफनो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

उनको फेसबुक पेजबाट यो स्टाटस आएपछि अधिकांशले सरकारमा बसेका व्यक्तिले त्यस्तो आलोचना गर्न नहुने भन्दै सुझाएका थिए । 

एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजाल ट्वीटरबाट जवाफ दिएका छन् – ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ