arrow

आज इस्टर डे [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
IMG_6381.jpg

काठमाडौं । विश्वभरका इशाइ धर्मावलम्वीले आज ईस्टर सन्डे मनाउँदैछन् । इस्टर सन्डेको अवसरमा आज एक र्यालीको आयोजना गरिएको छ । ललितपुरदेखि शुरु भएको र्याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको हो ।

इशाइ धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिन पछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार हजारौं साल पहिला शुक्रवारको दिन यशुको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको ३ दिन पछि उनी पुनः जीवित भएका थिए र त्यस दिन आइतबार परेको थियो ।

इस्टर सन्डेलाई यशुको पुनर्जन्म भएको दिनको रुपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।

त्यसैले आजको दिन इशाइ धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरुप दिन्छन्  । जसलाई नयाँ जीवनको शुरुआतको रुपमा लिने गरिन्छ ।

IMG_6352.jpg
IMG_6371.jpg
IMG_6340.jpg
IMG_6381.jpg
IMG_6354.jpg
IMG_6345.jpg
IMG_6373.jpg
IMG_6393.jpg
IMG_6355.jpg
IMG_6343.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ