arrow

दुई करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
parliament-house.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद धनराज गुरुङले उक्त अडिओमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् । 

‘उक्त टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो ? यसबारे छानबिन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’ 

साथै उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहबारे पनि छानबिन गर्नुपर्ने बताए । यस कार्यमा जो सुकै भए पनि कारबाही गर्नुपर्ने उनको माग छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ