arrow

संसदीय समिति गठन गर्न सांसदको नाम मागे सभामुख घिमिरेले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
devraj-ghimire.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदहरूको नाम मागेका हुन् । 

बुधबारसम्म समिति गठन गर्नेगरी तयारी स्वरुप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् । कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा आठजना सांसदको सिट संख्या तोकेको छ । कृषि, महिला र पूर्वाधार विकासमा ९ जना सांसदले प्रतिनिधित्व गर्नेछन् । 

 मालेले शिक्षामा सातजना र अन्य सबैमा आठजना सिट संख्या तोकिएको छ । माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानून, कृषिमा तीन जना सांसद र अन्यमा दुई जना सांसदको सिट संख्या तोकिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा एक जनाले र अन्यमा दुई जनाको सिट संख्या तोकिएको छ । जसपाले सबै समितिमा एक जना, जनमत पार्टीले अर्थ, उद्योग, कानून, महिला, शिक्षा र सार्वजनिक लेखामा एकजना र लोसपाले एक सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन् । 

 नागरिक उन्मुक्ति पार्टीले अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा एक जना सांसदको संख्या तोकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ