arrow

नेपालगञ्ज विमानस्थलमा एमालेको जात्रा 

logo
सौरभ गिरी,
प्रकाशित २०७९ चैत २७ सोमबार
kp-oli-nepaljung-airport.jpg

नेपालगञ्ज । सोमबार बिहान नेपालगञ्ज विमानस्थलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा पुगेका हाइ प्रोफाइल एवं नेता कार्यकर्ताकै कारण विमानस्थल पार्किङस्थल नजिक धेरै भीडभाड भएको खुलेको छ । 

बिहान ९ः३० बजे एमाले अध्यक्ष ओली विमानस्थलमा अवतरण गर्ने क्रममा नेपालगञ्ज विमानस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सरकारका मन्त्री तथा सदस्यहरु पुगेका कारण त्यहाँ नेकपा एमाले जिल्लास्तरका नेता, युवा संघका नेता कार्यकर्ता पनि बढी भएकाले भीडभाड बन्न पुगेको देखिएको हो ।

बुद्ध एयरको जहाजले पनि भीआईपी कक्ष नजिक पार्किङ गर्न पुग्दा त्यहाँ उपस्थित नेता कार्यकर्ताको ठूलो भीड बुद्ध एयर नजिक देखिएको त्यहाँ उपस्थित एक नेताले बताए ।

त्यस बखत हाइ प्रोफाइलका व्यक्तिहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी बाँके प्रमुख, सशस्त्र प्रहरी बाँके प्रमुख र राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख लगायत जिल्ला नेता कार्यकर्ता एवं सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेका कारण नेपालगञ्ज विमानस्थलमा भीडभाड भएको उनले बताए ।

जहाजको ढोका नजिक नेता कार्यकर्ताको ठूलो भीड गएर अध्यक्ष ओलीलाई स्वागत गर्न पुगेको भन्ने कुरा यथार्थ नभएको ती एमाले नेताले बताए ।

भीआईपी सवार हुँदा भीआईपी कक्ष सम्ममात्रै गएर स्वागत गर्न भनेकाले त्यहीँबाट ओलीलाई स्वागत गर्ने उनले बताए । ‘जहाजको ढोकासम्म पुगेर स्वागत गरेको भन्ने कुरा गलत भनेको तर हाइ प्रोफाइलका व्यक्तित्व आउँदा स्वभाविक भीड हुन्छ’, उनले भने ।

सुरक्षाका दृष्टिकोणले यो दृष्य भने अशोभनीय भएको एक सुरक्षाकर्मीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ