arrow

तीन दलका शीर्ष नेता सभामुख निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
3-parties.jpg

काठमाडौं ।  संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको टुङ्गो लगाउन तीन दलका शीर्ष नेताहरुबीच वार्ता जारी छ । आज सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेता बैठकमा जुटेका छन् । 

सभामुखको निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू सहभागी छन् । 

बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन् । महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाललाई पनि सहभागी छन्  । 

बैठकमा संक्रमणकालीन न्याय, संसद्को हिउँदे अधिवेशन, संसदीय समिति गठन, संवैधानिक परिषद्सम्बन्धी विधेयक लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सशस्त्र द्वन्द्वको समयमा भएको मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धानलाई टुङ्ग्याउन सरकारले प्रतिनिधि सभामा विधेयक दर्ता भएको थियो । सर्वोच्च अदालतले मुद्दाको छानबिन गर्दा र किनारा लगाउँदा पीडितको अनिवार्य सहमति लिनुपर्ने, बलात्कार तथा यौनजन्य हिंसा, यातना, हत्या, बेपत्ता पारिएकाको विषय मेलमिलापमा लैजान नहुने फैसला गरेको छ ।

गत शनिवार पनि तीन दलको बैठक बसेको थियो । सो बैठकमा प्रचण्डले चैत २८ गते विज्ञहरूसँग बसेर यसको प्राविधिक पाटो पनि टुङ्ग्याउने जानकारी दिए पनि ओलीले फाष्ट ट्रयाकबाट टुङ्ग्याउन नमिल्ने धारणा राखेका थिए । ओलीले संसदीय समितिमै लगेर टुङ्गो लगाउनु पर्ने बताएका थिए ।  यसै बिषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दलबीच समझदारी खोज्ने प्रयास भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ