arrow

दुई करोड काण्डले गयो ढाकाको पद, नयाँ सांसदमा बिन्दबासिनी सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
dhakakumar-vindhyabasini-ksansakar.jpg

काठमाडौ । दुई करोड घुस काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठ निस्काशित भएका छन् । उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । 

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढाकाको ठाउँमा बिन्दबासिनी कंसाकारलाई समानुपातिक सांसदमा सिफारिस गर्ने निर्णय गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनकि भएपछि ढाकालाई पार्टीले कारबाही गरेको हो । पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै ढाकालाई कारबाही गरिएको हो । 

रविले ढाकाले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ