arrow

हेमराज पहारी स्मृति पुरस्कार साहित्य सन्ध्यालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
Hemraj Pahari.jpg

पोखरा । हेमराज पहारी स्मृति पुरस्कार-२०७९ काठमाडौंको ‘साहित्य सन्ध्यालाई’ प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा प्रतिष्ठानको बिहीबार सम्पन्न बैठकले साहित्य सन्ध्यालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार वैशाख १६ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ । अग्रज साहित्यकार फणीन्द्रराज निरौला संयोजक, साहित्यकारद्वय शान्ता मानवी र लक्ष्मी निरौला सदस्य रहेको प्रतिभा छनोट समितिले सन्ध्यालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो । 

साहित्य सन्ध्या २०३९ सालमा स्थापना भई हालसम्म ४३८ वटा नियमित मासिक कार्यक्रम गरिसकेको छ । युद्ध प्रसाद मिश्र, पारिजात, केवलपुरे किसान आदिको संरक्षकत्व र मार्गदर्शन प्राप्त संस्था भएकाले यसको उन्नयनका लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले जानकारी दिइन् । 

साहित्यकार एवं समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको प्रतिष्ठानले एक लाख राशिको सो पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ । 

यो पुरस्कारबाट यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोक कवि अलि मिया तथा मकवानपुरको झरना साहित्यक परिवार पुरस्कृत भइसकेका छन् । 

पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलार्धको एक फन्को’ नियात्रा र केही गीतहरू प्रकाशित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ