- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको छ । आइतबार वायु प्रदूषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो ।
विश्वभरका शहरको वायु प्रदुषणको मात्रा नाप्दै आएको आईक्यूएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरको पहिलो नम्बरमा परेको हो ।
आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ । एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङ माइ शहर विश्वकको सबैभन्दा प्रदूषण भएको दोस्रो शहरमा परेको छ ।