arrow

बिहेमा २८ वर्षको अन्तर, पहिलो पटक अदालती विवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
court-marriage-mugu-1st.jpg

मगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानूनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।

सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षीय प्यारिलाल काफ्ले र खत्याड गाउँपालिका–४ जिउका गाँउकी ४२ वर्षीया जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । 

आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताइन् । विवाहको कानूनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए । 

काफ्लेकी श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् । 

दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितिमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए । सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भीड लागेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ