arrow

आज संसद्मा के गर्दैछन् प्रधानमन्त्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
prachanda-2079-12-06-a.jpg

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्षिक प्रतिवेदन र विधेयक पेश गर्ने कार्यसूची रहेको छ । 

बैठकमा प्रधानमन्त्रीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ