काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रधानमन्त्री प्रस्ताव प्रस्तुत गर्नेछन्
बैठक संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।