arrow

गोविन्दलाई शीर्ष नेताहरुले मागे भोट, चुनाव जिते मन्त्री बनाउने प्रचण्डको वचन [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
govinda-bhattarai-election-vote (6).jpg

तनहुँ । यही १० बैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई गठबन्धनका शीर्ष नेताहरुले भोट मागेका छन् । तनहुँमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले भोट मागेका हुन् । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत शीर्ष नेताले गोविन्द भट्टराईको पक्षमा भोट मागेका हुन् । 

सो क्रममा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचन जिते भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै उनले. कांग्रेस उम्मेदवार भट्टराईले जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् । 

यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्‍याएको दाबी गरे ।
 
‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट  जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’ 

अब आफ्नो ध्यान देशमा शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँडाउने रहेको पनि उनको भनाई थियो ।

govinda-bhattarai-election-vote (1).jpg
govinda-bhattarai-election-vote (2).jpg
govinda-bhattarai-election-vote (3).jpg
govinda-bhattarai-election-vote (4).jpg
govinda-bhattarai-election-vote (5).jpg
govinda-bhattarai-election-vote (6).jpg
govinda-bhattarai-election-vote (7).jpg
govinda-bhattarai-election-vote (8).jpg
govinda-bhattarai-election-vote (9).jpg
govinda-bhattarai-election-vote (10).jpg
govinda-bhattarai-election-vote (11).jpg
govinda-bhattarai-election-vote (12).jpg
govinda-bhattarai-election-vote (13).jpg
govinda-bhattarai-election-vote (14).jpg
govinda-bhattarai-election-vote (15).jpg
govinda-bhattarai-election-vote (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ