arrow

भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो, अब शुल्क तिर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
twitter-office.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बिहीबार मध्यरातिदेखि लागु हुने गरी ट्वीटरले शुल्क नतिरेका एकाउन्टको  ब्लु टिक हटाएको छ । कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्वीटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातिबाट हटेको हो ।

जसका कारण हजारौँ नेपाली प्रयोगकर्ताको पनि ट्वीटर एकाउन्टवाट ब्लु टिक हटेको छ । मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लु टिक हट्ने जनाएका थिए । 

उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लु टिक चाहिएमा मासिक शुल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।

ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकार लगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लु टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शुल्क लिने गरिएको थिएन । तर मस्कले ट्वीटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाइ दिएर शुल्क तिर्न दबाब बढाएको हो ।

नेपालमा पनि निःशुल्क रुपमा ब्लु टिक पाउने सयौं थिए । तर बिहीबार रातिबाट सबैजसोको हटेको छ । 

नेपालमा ब्लु टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ