arrow

ट्वीटरले ईयू डिसइनफरमेसन कोड छोड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
twitter-files-elon-musk-black-list.jpg

काठमाडौं ।  ट्वीटरले युरोपेली सङ्घको  डिसइनफरमेसन कोड छोड्ने निर्णय गरेको छ । एक स्वैच्छिक सम्झौताअनुसार प्रमुख सामाजिक प्लेटफर्म एकसाथ समूह बनाउँदा यसका दायित्व रहन्छन् र त्यसको पालना हुनुपर्छ, ईयू उद्योग आयुक्त थियरी ब्रेटनले शनिबार ट्वीटमा उल्लेख गरेका छन् ।

सन् २०१८ मा शुरु गरिएको ईयूको डिसइन्फर्मेसनको अभ्यास कोडले मेटा, गुगल, ट्वीटर, माइक्रोसफ्ट र टिकटकजस्ता क सामाजिक सञ्जालसहित लगभग तीन दर्जन हस्ताक्षरकर्तालाई समावेश गरेको थियो ।

त्यसबेला कोड प्रयोगकर्ताले तथ्य-जाँचकर्तासँग विकृति वितरण गर्ने संरचनालाई बढावा नगर्ने जस्ता तीन दर्जनभन्दा बढी प्रतिज्ञा गरेका थिए । आफूले प्रतिज्ञा गरेका कुराको पालना गर्नु आवश्यक हुन्छ तर एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि प्रतिज्ञाको पालनामा अनुदार रहेका पाइन्छन् ।

युरोपेली आयोगका एक अधिकारीले शुक्रबार एएफपीलाई भनेका थिए, ‘यदि (एलन मस्क)ले कोडलाई गम्भीरतापूर्वक लिएनन् भने उनले राजीनामा दिनु राम्रो हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ